बर्दघाट नगरपालिकाको परिचय

स्थानीय स्वायत्त शासन एेन, २०५५ काे दफा ८० मा भएकाे व्यवस्था बमाेजिम साविक माकर र पञ्चनगर गा.वि.स. लार्इ एकिकरण गरि नेपाल सरकारबाट मिति २०७१ साल बैशाख २५ गतेकाे निर्णयबाट यस बर्दघाट नगरपालिकाकाे गठन गरिएकाे थियाे भने राज्यको संघीय पुर्नसंरचना पश्चात छिमेकमा रहेका दाउन्ने देवी र जहदा गा.वि.स. साथै धुरकाेट र जमुनिया गा.वि.स. का दुर्इ दुर्इ वटा वडाहरूलार्इ एकीकृत गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन यस बर्दघाट नगरपालिकाकाे पुर्नसंरचना गरिएकाे थियाे । स्थानिय नेतृत्वकाे विकास गर्दै स्थानिय शासन पद्धतीलार्इ सुदृढ गरी स्थानिय तहमा विद्यायकी, कार्यकारीणी र न्यायिक अभ्यासलार्इ संस्थागत गर्न स्थानिय सरकारको रूपमा बर्दघाट नगरपालिकाको स्थापना भएको छ ।

भाैगाेलिक अवस्थितः
सिमानाः
पूर्वः
विनयी त्रिवेणी गाँउपालिका
पश्चिमः सुनवल नगरपालिका र सरावल गाँउपालिका
उत्तरः विनयी त्रिवेणी गाँउपालिका
दक्षिणः प्रतापपुर र सरावल गाँउपालिका

राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं. ५
जिल्लाः नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)
वडा संख्याः १६ वटा
अवस्थितः २७.५ डिग्री उत्तर ८३.८४ डिग्री पूर्व देखि २७.६६ डिग्री उत्तर ८३.७६ डिग्री पूर्व
उचार्इः ५६१ मिटर समुन्द्र सतहबाट
क्षेत्रफलः १६२.०१
जनघनत्वः ७१६.१५
जनसंख्याः ६१४७२
घरधुरीः १२०७८
हावापानीः उष्ण तथा समशितोष्ण
राजधानी सम्मको दुरीः १९२ कि.मी.
पूर्व-पश्चिम लोकमार्गः १६ कि.मी.